Monday, October 7, 2024

पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध : हटाउन ६ घण्टा लाग्‍ने

spot_img

२६ भदौ, चितवन । पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। सोमबार राति परेको अविरल वर्षाका कारण बाटो बन्द भएको हो। उक्त सडक खण्डको चार किलोमा राति ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

त्यस्तै घुमाउने, रिग्दीखोला, जलविरे, गाईघाटमा पनि पहिरो गएको छ। अन्य स्थानमा भन्दा चार किलोमा सबैभन्दा ठूलो पहिरा खसेका कारण हटाउन समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए। चार किलो नारायणगढ मुग्लिन सडक खण्डको पहिरोको सबैभन्दा ठूलो जोखिमयुक्त क्षेत्र मानिन्छ।

डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। ठूलो पहिरो भएको कारण हटाउन ६ घन्टा भन्दा बढी समय लाग्ने बताइएको छ। पानी परेको कारण पहिरो हटाउन कठिनाई भएको  हो।

पहिरो गएपछि सवारी साधन अलपत्र परेका छन्। सवारी साधनलाई जुगेडी र मुग्लिनतर्फ नै रोकिएको जिल्ला ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय