Saturday, November 16, 2024

जी.बी.ओ. द्वारा निर्मित विद्यालयको नयाँ भवन उद्घाटन तथा सम्मान कार्यक्रम आयोजना हुने

spot_img

 

झापा मोरङ
मोरङको पथरी नगरपालिका वडा नं. १० मा रहेको पथरी शनिश्चरे शरणार्थी शिविरमा ग्लोबल भुटानीज अर्गनाइजेसन (जी.बी.ओ.) को आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालयको नयाँ भवन उद्घाटन हुने भएको छ। अमेरिकाबाट जानुहुने जी.बी.ओ. का अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत तथा परियोजना प्रमुख डी.बी. राई साथै नगरपालिकाका मेयर मोहन प्रसाद तुम्बाको नेतृत्वमा क्याम्प सचिव तथा अन्य विशिष्ट आगन्तुक पाहुनाहरू द्वारा सञ्चालित श्री बाटिका बाल विकास केन्द्रले आगामी डिसेम्बर ९ तारिखमा एक कार्यक्रम गरी विद्यालयको नयाँ भवन उद्घाटन गर्न लागेको हो।

दातृ निकायले सन् २०१८ देखि शरणार्थीलाई दिँदै आएको सहयोग कटौती गरेसँगै बेलडाँगी र पथरी शनिश्चरे शरणार्थी शिविरमा रहेका शरणार्थीहरू ठूलो मारमा परेका छन्। अहिले शरणार्थी शिविरमा रहेका करिब सात हजार भुटानी शरणार्थीहरू गाँसबास, शिक्षा, स्वास्थ्य लगायतका समस्या झेलिरहेका छन्। शरणार्थी शिविरमा रहेका विशेषगरी साना उमेरका शरणार्थी बालबालिकाको समस्या टड्कारो देखेपछि त्यसको समाधानार्थ जी.बी.ओ. अघि सरेको हो। संयुक्त राज्य अमेरिका, बेलायत, नर्वे, क्यानडा, नेदरल्याण्ड, न्युजिल्याण्ड, डेनमार्क, अस्ट्रेलिया र नेपाल गरी विभिन्न नौ वटा मुलुकमा छरिन पुगेका भुटानी शरणार्थीहरूको छाता संगठनको रूपमा रहेको ग्लोबल भुटानीज अर्गनाइजेसन (जी.बी.ओ.) ले सन् २०२० देखि शरणार्थी बालबालिकाको शिक्षामा टेवा पुर्याउँदै आएको छ।

जी.बी.ओ. ले दुवै शरणार्थी शिविरमा विद्यालय स्थापना गरेर साना उमेरका शरणार्थी बालबालिकालाई शिक्षादिक्षा दिँदै आएको हो। पथरी नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्बा प्रमुख अतिथि रहने उक्त कार्यक्रममा जी.बी.ओ. का सहयोगी दाताहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय