अक्टोबर २६ मा विश्वकर्मा समाज अमेरिकाद्वारा सम्पन्न देउसी भैलो प्रतियोगिता र नेपाली सम्पदा संरक्षण कार्यक्रममा, श्री श्याम गौतमलाई नेपाली सांस्कृतिक नायकको उपाधिबाट विश्वकर्मा समाज अमेरिकाले सम्मानित गरेको छ। नेपाली सम्पदा संरक्षण, प्रवर्द्धन, र भावी पुस्तामा हस्तान्तरण गर्ने अभियानमा उहाँको अतुलनीय योगदानको कदरस्वरूप यो प्रतिष्ठित उपाधि प्रदान गरिएको हो।
पछिल्ला चार वर्षदेखि श्री गौतमले वार्षिक दशैं–तिहार मेला आयोजना गरी समुदायलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। यो मेला केवल एक पर्वमात्र नभएर नेपाली समाजलाई आफ्नो सांस्कृतिक सम्पदा जोगाउन प्रेरित गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम बनिसकेको छ।
सामुदायिक र सामाजिक गतिविधिहरूमा उहाँको सक्रिय सहभागिताले नेपाली समाजमा दीर्घकालीन प्रभाव पारेको छ। विशेषगरी युवापुस्तालाई नेपाली सम्पदाको संरक्षणमा योगदान गर्न प्रेरित गर्दै, उहाँको उदाहरणले समाजमा गर्वको भावना उत्पन्न गराएको छ। विश्वकर्मा समाज अमेरिकाले उहाँको योगदानलाई सम्मानित गर्दै, नेपाली संस्कृतिलाई बचाउन र प्रवर्द्धन गर्न प्रेरणा प्रदान गरेको छ।