Monday, October 7, 2024

५ वर्षीया बालिकालाई चितुवाले लग्यो

spot_img

२५ भाद्र, अर्घाखाँची । अर्घाखाँचीको किमडाँडामा चितुवाले आक्रमण गरी ५ वर्षीया बालिकाको ज्यान लिएको छ ।

सन्धिखर्क नगरपालिका वड नम्बर १० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी ५ वर्षीया छोरी सदिक्षा राना तीजको समयमा मामाघर जाँदै गर्दा चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज मल्ले बताउनुभयो ।

तीन बहिनी सँगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा लामो खरबारीमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरी जंगलतर्फ लगेको थियो ।

‘हामी बसेर चाउचाउ खाँदै थियौँ । बीचमा बसेकी कान्छी बहिनीलाई चितुवाले लगेर गयो’ रुँदै आमा र सानी हजुरआमालाई सदिक्षाकी दिदीले बताएपछि स्थानीय नागरिक हारगुहार गर्दै जंगलतर्फ गएका थिए । खोज्दै जादा चितुवाले खाएर क्षतविक्षत बनाएको अवस्थामा बालिकाको शव भेटियो ।

घटनास्थलको प्रकृतिको मुचुल्कासहित पोस्टमार्टमको निम्ति बालिकाको शव जिल्ला अस्पताल लगिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय