नेपाली भाषी भुटानी समुदायका सक्रिय समाजसेवी तिलक निरौला पेन्सिलभेनियाका गभर्नर जोश शापिरोको सल्लाहकार नियुक्त भएका छन् । निरौलालाई पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले पेन्सिलभेनिया गभर्नरको एसियन अमेरिकन र प्यासिफिक आइल्याण्डर (AAPI) मामिला सम्बन्धी सल्लाहकार आयोगमा नियुक्त गरेको हो ।
तिलक निरौला विभिन्न सामाजिक गतिविधिमा सक्रिय छन् । सामाजिक गतिविधिमा सक्रियता पुर्वक लागेकै कारण नेपाली भाषी भुटानी समुदायमा उनको अलग्गै पहिचान स्थापित छ ।भुट्निज कम्युनिटी इन ह्यारिसबर्गका बोर्ड अध्यक्ष समेत रहेका तिलक निरौला लामो समयदेखि ह्यारिसबर्गमा भुटानी समुदायको सेवा गर्दै आइरहेका छन् । निरौलाले समुदायको हितमा विभिन्न कार्यक्रमहरूको आयोजना पनि गर्ने गरेका छन् । यसका अतिरिक्त, निरौलाले डफिन काउन्टी लाइब्रेरी प्रणालीको ट्रस्टी बोर्डमा सेवा गरिरहेका छन् ।
साउथर्न न्यु ह्याम्पशायर विश्वविद्यालयबाट एमबीए पूरा गरेका
निरौला न्यु ह्याम्पशायरमा “बिल्डिङ कम्युनिटी” को अध्यक्ष समेत रहिसकेका छन् । उनी एक समाजसेवी, उद्यमी, र स्वतन्त्र पेशाकर्मी हुन्।