पेन्सिलभेनिया राज्यको गभर्नर जोश शापिरोले दीपावलीलाई पेन्सिलभेनियामा आधिकारिक विदाको रूपमा स्वीकृति दिएका छन ।
नेपाली भाषी समुदायहरुको उल्लेख्य बसोबास रहेको यस राज्यमा आगामी ९ अक्टोबरमा पेन्सिलभेनियामा सामान्य सभा द्वारा सार्वजनिक बिदा पारित गरिएको छ । आज गभर्नर शापिरोले ह्यारिस्बर्गमा भएको दीपावली डिनरमा यसमा हस्ताक्षर गरेका छन्।
ह्यारिस्बर्गमा भुटानी समुदायका अध्यक्ष तिलक निराैलाले सामाजिक मिडियामा लेखेका छन्, “यसले पेन्सिलभेनियामा बसोबास गर्ने नेपाली समुदायका लागि ठूलो उपलब्धि हो। यो हाम्रो समुदायको समृद्ध सांस्कृतिक धरोहरको मान्यता दिने एउटा महत्वपूर्ण कदम हो। हामी यस ऐतिहासिक क्षणमा संलग्न भएकोमा वास्तवमा सम्मानित छौं र प्रकाशको चाडको सौन्दर्य र महत्त्वको उत्सव मनाउन पाउँदा गर्वित छौं साथै हामी सबै संस्कृतिहरू प्रतिको बुझाइ र कदरलाई प्रोत्साहित गर्न सक्छौं। उज्यालो दिनहरूको स्वागत!” यस बिदाले अमेरिकामा अल्प सन्ख्यक समुदायको आवाजलाई सम्बोधन गरेको देखिन्छ ।