Friday, October 11, 2024

साहित्य विधाको नोबेल साहित्य पुरस्कार -२०२४ दक्षिण कोरियाली लेखक हान काङलाई ।

spot_img

 

यश वर्षको साहित्य विधाको नोबेल साहित्य पुरस्कार-२०२४ दक्षिण कोरियाली लेखक हान काङले प्राप्त गरेकी छन् ।
नोबेल पुरस्कार दिने स्वीडिस एकेडेमीले एक पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो ।

स्वीडिस एकेडेमीका सेक्रेटरी म्याट्स माल्मले इतिहासका चोटहरुलाई सामना गर्ने र मानव जीवनको नाजुकतालाई उजागर गर्ने काव्यात्मक गद्दका लागि हान काङलाई साहित्य विधाको नोबेल पुरस्कार दिइएको बताएका छन् ।

सन् १९७० मा दक्षिण कोरियामा जन्मेकी हान काङले द वाइट बुक, ह्यूमन एक्ट, ग्रीक लेसन्स, द भेजिटेरियन जस्ता पुस्तक लेखेकी छन् । सन् २००७ मा पहिलो पटक कोरियन भाषामा प्रकाशित द भेजिटेरियनले सन् २०१६ मा अङ्ग्रेजीमा अनुवाद भएपछि काङलाई अन्तर्राष्ट्रिय रुपम चिनाएको थियो । कोरियाको योनसेड विश्वविद्यालयमा साहित्य पढेकी उनको बुवा पनि उपन्यासकार हुन् ।

हान काङको द भेजिटेरियनले सन् २०१६ मा अन्तर्राष्ट्रिय बुकर प्राइज जितेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय