Friday, October 4, 2024

अाजबाट सुरु भयो पिट्स्बर्गमा धार्मिक प्रवचन ।

spot_img

 

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा शरदीय नवरात्र महोत्सव-२०८१ पिट्स्बर्गमा सुरु भएको छ ।

श्री कृष्ण मन्दिर सञ्चालक समिति मुख्य आयोजक र श्री वैदिक सनातन श्री राधाकृष्ण कृतन मण्डली सह-आयोजक रहेको उक्त महोत्सव यही आसोज १७ अर्थात अक्टोबर ३ तारिक घटस्थापनादेखी सुरु भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विहान ८ बजेदेखी ११ बजेसम्म दैनिक रुपमा वाल्मीकिय रामायण तथा सप्तसती मुल पाठ पारायण दैनिक हुने जनाइएको छ । यसैगरि दैनिक रुपमा विभिन्न विद्वानद्वारा १२ बजेदेखी ३ बजेसम्म प्रवचन, कथा वाचन र भजनकिर्तन पनि हुने आयोजकले जानकारी दिएको छ ।अक्टोबर ११ तारिक शुक्रबार टीका प्रसाद वितरण कार्यक्रम रहेको उक्त धार्मिक महोत्सवको समापन सोही दिन हुने बताईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय