Friday, October 4, 2024

कोलम्बस भेट्रान्सले तेस्रो ओहायो हिमालयन च्याम्पियनसिप कप- २०२४ भेट्रान्स तर्फको उपाधि उचालेको छ ।

spot_img

 

ओहायो गोल्ड कप र इन्ट्रा कपका पूर्व विजेता कोलम्बस भेट्रान्सले सेप्टेम्बर २९ मा सम्पन्न फाइनल खेलमा टेनिसि भेट्रान्सलाई ३-२ ले हराउदै तेस्रो आइओवा हिमालयन च्याम्पियनसिप कप-२०२४ को भेट्रान्स तर्फको उपाधि उचालेको छ भने वयस्कबाट सिन्सि एफ,सिले जित हासिल गरेको छ।

अमित कार्कीको व्यवस्थापन रहेको कोलमबस भेट्रान्स निकै राम्रो फर्ममा देखिन्थ्यो । लक्ष्मी सङ्ग्रौलाको नेतृत्वमा यश अघिनै ओहायो गोल्ड कप र इन्ट्रा कप हात पारिसकेको ।तेस्रो आइओवा हिमालयन च्याम्पियनसिप कप-२०२४ मा विभिन्न उमेर समुहका टिमले आपसमा प्रतिस्पर्धा गरेका थिए ।कोलम्बस भेट्रान्सले ३५ वर्ष माथीका भेट्रान्स समुहमा रहेर प्रतिस्पर्धा गरेको थियो ।

यश प्रतियोगितामा भेट्रान्स तर्फको प्रथम पुरस्कार अमेरिकी डलर ५००० (पाँच हजार) रहेको थियो।भेट्रान्स खेलाडी राजा प्रधान र मन भट्टराईको नेतृत्वमा रहेको कोलम्बस भेट्रान्स यस पटक पनि विजेताको उपाधि उचाल्ने उत्साहका साथ आइओवा कपका लागि प्रतिस्पर्धामा भिडेको थिए ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय