Friday, October 4, 2024

शरणार्थी शिविरमा तीन दिवसीय आत्मरक्षा तालिम, सहभागी महिलालाई हिंसाको प्रतिरोध गर्न सुजाव ।

spot_img

 

वीरेन मगर, झापा ।

असोज १३ ।

झापाको दमकस्थित भुटानी शरणार्थी शिविर, बेलडाँगीमा सेजल एण्ड सिस्टर्स फाउन्डेसनको आर्थिक सहयोगमा तीन दिवसीय उत्प्रेरणा तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ । सितोरियो कराते एसोसिएसन अफ भुटान(SKAB) ले युवा तथा वयस्क शरणार्थी महिलाहरुलाई लक्षित गरि आयोजना गरेको तालिम आइतबार सम्पन्न भएको हो ।

शरणार्थी शिविरमामा खेलकुदको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको स्क्याब ( SKAB)ले यसपटक महिला लक्षित कार्यक्रम आयोजना गरेको हो। दातृ निकायले सहयोग कटौती गरेपछि शरणार्थीहरुलाई राहत महसुस हुने गरि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सेजल एण्ड सिस्टर्स फाउन्डेसनको सहयोगमा शिविरमा लैङ्िगक हिंसा न्यूनीकरणको उद्देश्यका साथ उक्त तालिम आयोजना गरेको आयोजक  स्क्याबले बताएको छ ।

तेस्रो मुलुक पुनर्वास पछि बेलडाँगी शिविरमा शरणार्थीको संख्य हाल करिब पाँच हजारमा सिमित हुन पुगेको छ । तर शिविरमा रहेका यी शरणार्थीको कतैबाट पनि उचित व्यवस्थापन हुन नसक्दा उनिहरु शारीरिक तथा मानसिक पीडाको चपेटामा परेका छन् । एकातिर देशविहन हुनु पर्दाको पीडा र अर्कोतिर महिलाद्वेषी समाजको उत्पीडनले खासगरी शरणार्थी महिलाहरु दोहोरो मारमा परेका छन् । स्क्याबका अध्यक्ष एन.बी गुरुङले शरणार्थीहरुको यही अवस्थालाई मध्यनजर गर्दै शरणार्थी महिलाहरुको शारीरिक तथा मानसिक स्वास्थ सुधार साथै आत्मरक्षाको उद्देश्यले तालिम दिएको बताउनु भयो । अध्यक्ष गुरुङले तालिम आफ्नो मान्छे कुट्न वा पारिवारिक कलह सृजना गर्न नरहएको, बल्कि सकारात्मक परिवर्तनको लागि रहेको पनि बताउनु भएको छ ।

विशिष्ट अतिथि साथै झापा जिल्ला खेलकुद परिषद प्रमुख विष्णु नेम्वाङले प्रशिक्षार्थी महिलाहरुलाई सिकाइमा ध्यान दिएर निरन्तर अभ्यासमा लाग्न प्रेरित गर्नु भएको छ । कार्यक्रममा प्रमुख अतिथि बेलडाँगी शिविर व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले पुरुष प्रधान समाजमा छोरी मान्छेमाथी हिंसा वा शोषण हुने र त्यस्तो हिंसा विरुद्ध प्रतिरोध गर्न सहभागी महिलाहरुलाई सुजाव दिनु भएको छ । सचिव सुब्बाले शरणार्थी महिलाहरुले आफू विरुद्ध भइरहेको हिंसाको प्रतिरोध गर्न सक्ने सम्भावना देखेर नै तालिम दिएको जिकिर गर्नु भयो ।

उक्त तीन दिवसीय तालिममा सहभागी महिलाहरुलाई राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक द्वय हरी माया राई र मिना देवी पाठकले प्रशिक्षण दिनु भएको थियो । सहभागी महिलाहरुलाई शारीरिक र मानसिक स्वास्थ सुधार साथै यौन दुर्ववहार र अन्य हिंसाबाट कसरी वच्न सकिन्छ भन्नेबारे शारिक तथा मानसिक अभ्यास गराएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय