Friday, October 4, 2024

भुटानी शरणार्थी महिला मञ्चको आयोजनामा ३ दिने उदघोषण तालिम सम्पन्न

spot_img

मोरङ । पथरी शनिश्चरे भुटानी शरणार्थी क्याममा सेजल एण्ड सिस्टर फाउण्डेसनको आर्थिक सहयोगमा भुटानी शरणार्थी महिला मञ्चको आयोजनामा ३ दिने उदघोषण तालिम सम्पन्न भएको छ ।
गएको असार ११ गतेबाट सुरुवात भएको ३ दिने उदघोषण तालिम आज सम्पन्न भएको छ ।

हाल अमेरिकामा रहेका समाजसेबी सेजल एण्ड सिस्टर फाउण्डेसनका सँस्थापक मेघ सुबेदी द्वारा बिभिन्न सस्थालाई निरन्तर मासिक रुपमा भएको सहयोग द्वारा नै तालिम सम्पन्न गरिएको छ । बस्ति ब्यवस्थापन समिति, भुटानी शरणार्थी वाल मञ्च र भुटानी शरणार्थी महिला मञ्चबाट गरेर ९ जना सहभागी रहेको तालिमलाई स्वतन्त्र संचारकर्मी सुमन कुरुम्बाङले सहजिकरण गरेका थिए । आम संचार र प्रभाबकारी तथा कुशल उदघोषणको बिषयमा सहभागीतामुलक ढंगले तालिम सम्पन्न गरिएको छ ।

आज समापन भएको कार्यक्रमलाई सहभागीहरु निराहाङ्ग राई र कल्पना नेसार तामाङले उदघोषण गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिविर सचीब करण राई , सेजल एण्ड सिस्टर फाउण्डेसनबाट दिपा शर्मा , युवा मैत्री केन्द्रका अध्यक्ष मेहर्मान तामाङ , उपाध्यक्ष निमा लामा , भुटानी शरणार्थी वाल मञ्चको संयोजक श्रेया राई लगायतको उपस्तिथी रहेको थियो भने सभा अध्यक्षको रुपमा आयोजक सँस्थाका महासचीब कर्ण माया गुरुङ आसिन भएको थिईन ।

सहभागीहरुले कार्यक्रम अन्त्यमा ३ दिनको बसाई उपलब्धिमुलक भएको र आगामी दिनमा अवसर पाएमा अवसरलाई सदुपयोग गर्ने आत्माबिश्वास जागेको पृष्‍ठपोषण दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय