Sunday, October 6, 2024

आयोवा हिमालयन च्याम्पियनसिप कप २०२४ अमेरिकामा लिग तालिकामा हुँदै

spot_img

अमेरिकाको आयोवामामा लिग खेल तालिका अन्तर्गत आयोवा हिमालयन च्याम्पियनसिप कप २०२४ आगामी सेप्टेम्बर २७ देखी २९ सम्म हुनेछ ।

डेस मोइन्स, आयोवामा आयोजना हुने यो प्रतियोगिता लिग ढाचा अनुसार हुनेछ । हरेक टिमले आफ्नो समुहको सबै टिमसँग खेल्नै पर्ने हुन्छ । आफ्नो समुह चरणको उत्कृष्ट दुई टिमले सेमी फाइनल खेल्दै फाइनल खेलमा प्रबेश गर्नेछन । हरेक टिमले आफ्नो समुहको सबै टोलिसँग खेल्नेछन । सबै खेल पछि बिजेताले ३ अङ्क बराबरीमा १ अङ्कको साझेदारी हुनेछ भने पराजित टिमले शुन्य अङ्क प्राप्त गर्नेछन ।

सौहार्दपूर्ण र मेत्रीपूर्ण बातावरण कायम गर्न खेलाडी र दर्शकहरुको लागि पनि केही अपनाउनुपर्ने नियमहरु जसमा माधक पदार्थ र धुम्रपान वरिपरी पेरिसरमा अनुमती दिईने छैन , खेलाडीहरुले बिपक्ष खेलाडी र अफिसियल टिमहरु सँग भद्र व्यबहार गर्न अपरिहार्य रहने उल्लेख गरेको छ । रोस्टममा अफिसियल गरेर २३ जना मात्र रहन पाउने लगायतका अन्य महत्वपूर्ण बुदाहरु सम्झौता गरिने आयोजकले उल्लेख गरेको छ । झगडा वा कुनै पनि अबैधानिक कृयाकलाप , अनैतीक हर्कतको लागि आयोजकले शुन्य सहनशीलता अपनाउनेछ । द्वन्दको कारक टिम खेलबाट स्वतह बहिर्गमन हुनेछ ।

रेफ्रीको निर्णय अन्तिम सर्बोपरी हुनेछ । अन्य सम्बन्धित जानकारी आयोजकले दिदै जाने देखिन्छ । पुरस्कार रकमहरु र बिधागत पुरस्कारको राशी खुलाईएको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय