Sunday, October 6, 2024

अस्ट्रेलियामा भव्य बहुसांस्कृतिक कार्यक्रम २०२४ हुने

spot_img

सिड्नीमा आगामी अक्टोबर २६ मा एसोसियसन अफ अस्ट्रेलियाले भव्य बहुसांस्कृतिक कार्यक्रम सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ ।

यस वर्ष हाल अमेरिकामा रहँदै आउनु भएका बन्धनको चिनो जस्ता सदाबहार गीतका सर्जक नेपाली भाषी भुटानी समुदायका एक ऐतिहासिक व्यक्तित्व तथा पहिलो पुस्ताको ज्ञात कलाकार श्री प्रताप सुब्बालाई स्वागत गर्ने योजना तर्जुमा आयोजकले गरेको छ । नेपाली भाषा, सांस्कृति र कला जस्तो जातिय सम्पदाको संरक्षणमा गायक सुब्बाको योगदान अतुलनीय छ । उहाँको उपस्थितिले निस्सन्देह यस कार्यक्रममा विशेष महत्त्व र सोभा थप्नेछ। उहाँ निस्वार्थ स्वयमसेवाको मार्फत तत्कालीन समयको शिविर व्यवस्थापनमा प्रेरणादायी र अतुलनीय सेवा पु-याउने एक कर्मठ व्यक्तित्व हुनुहुन्छ, जसको सेवा नेपाली भाषी भुटानीहरुका लागि शरणार्थी शिविरमा रहँदाको समयमा कोशेढुंगो सावित भएको थियो। उहाँलाई उत्सवमा पाउनु सौभाग्य रहेको र उहाको उपस्तिथिले आयोजकलाई गर्ववान्वित र प्रोत्साहित भएका जानकारी आयोजकले दिएको छ ।श्री सुब्बाको सहभागिताको सँगै कार्यक्रममा अस्ट्रेलियाका अन्तरप्रान्तीय भुटानी कलाकार तथा सर्जकहरु, केही ख्याति प्राप्त नेपाली कलालकारहरु र अन्य वहुसांस्कृतिक समुदायका सर्जक तथा कलाकारहरुको संगीत, नृत्य, र कलात्मक अभिव्यक्तिको साथमा बहुरंगीन र उत्साहजनक प्रदर्शनहरू सहितको सहभागिता रहने छ।

यो कार्यक्रमले विविध संस्कृतिको कलात्मक प्रस्तुतीलाई नियाल्ने र अनुभव गर्ने अवसर दिनुका साथै अनेकतामा एकताको उत्सव मनाउने र सन्देश प्रवाह गर्ने महान लक्ष्य राखेको छ ।यस कार्यक्रमलाई आयोजकले केवल एउटा कार्यक्रम मात्र नभएर पहिचान, पृष्‍ठभुमि र सामूहिक भावनालाई पुन: पुष्टि गर्ने उदारणीय मंच हो भनेर प्रस्ट्याईेको छ ।

परम्परागत कलाको प्रेमी वा नयाँ सांस्कृतिक अनुभवहरू अन्वेषण गर्न उत्सुक सबैलाई यो दिन सबैका लागि केहि विशेष महत्व राख्ने देखिन्छ । यो नेपाल बाहिर रहेका नेपाली भाषीहरुको भावी पुस्तालाई गरिमामय संकृति र कलासँग जोड्ने, कथाहरू जीवन्त राख्ने र सांस्कृतिक पुनर्जागरण गर्ने दिन हो जसको हिस्सा हुन आयोजकले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय