Sunday, October 6, 2024

नेक्स्ट जेनेरेसन र ट्रिनिटी डिस्ट्रिब्युटर प्रेजेण्ट प्रबिण दियाली उद्दित र आदित्य झा साङ्गीतिक कार्यक्रम हुँदै

spot_img

 

 


अमेरिकाको कोलम्बसमा चर्चित गायक उद्दित नारायण झा र आदित्य नारायण झा अक्टोबर ६ मा साङ्गीतिक प्रस्तुतीको लागि देम्बी प्रडक्सन र म्युजिक भाईब्सको आयोजनामा आउने भएका छन ।

नेक्स्ट जेनेरेसन र ट्रिनिटी डिस्ट्रिब्युटरको संयुक्त अायोजनामा खास बिशेष साङ्गीतिक कार्यक्रमको उदेश्यले बडे मियान र छोते मियान भब्य साङ्गीतिक कार्यक्रमको आयोजना हुन लागेको यस कार्यक्रममा नेपाली संगीत र भारतीय संगीतमा नै सर्बाधिक लोकप्रिय गायक उद्दित नारायण झा र उनको छोरा अभिनेता , संगीतकार तथा गायक आदित्य नारायण र दिपा झा पनि एकै साथ आउने भएका छन भने प्ले ब्याक ब्याण्डको लागि ३० जनाको जम्बो टिम पनि आउने भएका छन ।

कार्यक्रमको सुरुवातमा भुटानी समुदायका कलाकार प्रबिण दियालीको प्रस्तुती रहनेछ । यस भब्य साङ्गीतिक कार्यक्रमको प्रबेश शुल्क ८५$ डलर राखिएको छ । अर्चना इन्टरनेशनल ग्रोसरी रेनोल्डबर्ग , रोयल प्यालेस एक्रोन साथै ब्यक्तिगत संपर्क बिशाल क्षेत्री सिनसिनिटी र कल्याण बाराईली क्लेभल्याण्ड द्वारा अधिकारिक अग्रिम टिकट बिक्री भईरहेको छ ।

यस प्रकारको अन्तरराष्ट्रिय स्तरको कार्यक्रमले संगीतको उचाइ सँगै आफ्नै समुदायका नव प्रतिभाहरु उजागार गर्न पनि प्रभाबकारी देखिन्छ । यती ठुलो लागानीमा कार्यक्रम भईरहदा नेपाली गीत संगीत प्रतिको मोह पनि बढेको देखिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय