Sunday, October 6, 2024

अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम पथरी शनिश्चरे गोल्ड कप २०८१ लाई इण्ट्रा फाउण्डेसन द्वारा टाइटल स्पोन्सर

spot_img

मोरङ, पथरी शनिश्चरेमा असोज ५ गते देखी हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम पथरी शनिश्चरे गोल्ड कप २०८१ लाई इण्ट्रा फाउण्डेसन द्वारा टाइटल स्पोन्सर प्रायोजन गरेको छ ।

इन्ट्रा फाउण्डेसनले टाइटल स्पोन्सर बापत रु ८ लाख प्रायोजन गर्ने सम्झौता आयोजक समिति पथरी -११ फुटबल क्लबका अध्यक्ष सुमन बि कले जानकारी दिनुभएको छ । अब यो सँगै यस आयोजनाको नामाकरण अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्ड कप रहनेछ । यस अघी अघि पनि इन्ट्रा फाउण्डेसनले पथरी शनिश्चरे प्रिमियर लिगलाई रु १५ लाख प्रायोजन गरेको थियो । इन्ट्रा फाउण्डेसन नेपाली भाषी भुटानी समुदायहरुबाट अमेरिकामा स्थापना भएको अन्तर्राष्ट्रिय गैर्ह नाफामुलक सँस्था हो ।

यस प्रतियोगिताको प्रथम पुरस्कार पनि सिजल एण्ड सिस्टर्स एल एल सि अमेरिका द्वारा नै रु ३ लाख प्रायोजन गरिने सम्झौता भएको छ । यो सँगै पथरी शनिश्चरे नगरपालिकाले मुख्य सहयोगीको रुपमा रु ५ लाख दिने भएको छ । प्रतियोगितामा पथरी -११ फुटबल क्लब , पाँचथर क्लब , यु के एफ सि भारत , संकटा फुटबल क्लब -काठमाण्डौ , झापा -११, धरान सिटी फुटबल क्लब , ब्रिगेड ब्वाइज क्लब – काठमाण्डौ र सलहेश युवा क्लब , सिराहा गरेर ८ वटा टिमहरु सहभागी हुने यस प्रतियोगिता पथरी शनिश्चरे -१ स्थित जाते मोडको खेलकुद मैदानमा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय