Sunday, October 6, 2024

अनुह्या तामाङलाई अमेरिकामा जिल्ला स्तरीय स्कुल बोर्डले गर्यो सम्मान ।

spot_img

 

केही समय अगाडि नेपालमा सम्पन्न द भ्वाइस किड्स नेपाल सिजन-३ कि विजेता अनेह्या तामालाई अमेरिकामा जिल्ला स्तरीय स्कुल  बोर्डले सम्मान गरेको छ । सोमबार ११ वर्षीया अनुह्या तामालाई साउथ मिडलटन स्कुल डिस्ट्रिक बोर्डको नियमित बैठकमा एक कार्यक्रम बिच सम्मान गरेको हो ।

बोर्डले  नियमित बैठकमा अनुह्या तमामाङले नेपालमा हासिल गरेको उपलब्धिको लागि सम्मान गरेको उल्लेख गर्दै अनुह्यालाई बधाई दिएको छ । “सोमबार, सेप्टेम्बर १६, २०२४ मा बसेको बोर्डको बैठकमा येलो ब्रिचेस मिडिल स्कुलकि छात्रा अनुह्या तामाङलाई द भ्वाइस किड्स नेपाल सिजन-३ जितेर हासिल गरेको उपलब्धिको लागि सम्मान गर्यो । अनुह्या तामाङलाई बधाई ” बोर्डको आधिकारिक वोइवसाइटमा उल्लेख छ । बैठकमा अनुह्यालाई सम्मानित गरेको खबर बोर्डले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि राखेको छ ।

नेपालमा सम्पन्न द भ्वाइस किड्स नेपाल सिजन-३ कि विजेता अनेह्या यलो व्रिच मिडिल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन् । अनुह्यालाई मिलेको सम्मानप्रति खुसी व्यक्त गर्दै  सम्मानले आफुहरुलाई थप हौसला प्रदान गरेको उनको परिवार जनले बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय