Sunday, October 6, 2024

नेपालीभाषी समुदायलाई नेपाली भाषामै कानुनी परामर्श र सेवा उपलब्ध गराउदै ‘म्याकग्रथ ल फर्म ‘

spot_img

अमेरिकामा ‘म्याकग्रथ ल फर्म’ले  नेपाली भाषामै कानुनी परामर्ष तथा सेवा उपलब्ध गराउदै आइरहेको छ । नेपालीभाषी वकिलहरु सदस्य रहेके ‘म्याकग्रथ ल फर्म’ले पेन्सिनभेनियाको ह्यरिसवर्गबाट खासगरी नेपालीभाषी भुटानी समुदायलाई लक्षित गरि यो सेवा सुचारु गरेको हो ।

नेपाली भाषी समुदायलाई कानुनी सेवा मात्र नभएर विभिन्न सामाजिक र आर्थिक सहयोग पनि गर्दै आएको ‘म्याकग्रथ ल फर्म’ समुदायलाई कानुनी परामर्ष, मुद्दा समाधान र अन्य कानुनी सेवाहरु दिन प्रतिबद्ध छ ।यदि हजुरहरुलाई अङ्ग्रेजी बुझना र पढ्ना कठिन भएमा जुनसुकै राज्य वा सहरबाट संस्थामा सोझै सम्पर्क गरेर कानुनी परामर्ष लिन सक्ने छन् ।

‘म्याकग्रथ ल फर्म’ले मापासे, घरेलु हिंसा, आप्रबाश, व्यापार कानुन, सवारी दुर्घटना र सम्बन्ध विच्छेद लगायतका कानुनी मुद्दामा सहयोग गर्ने जनाएको छ । हेरिस्वर्गपछि सिन्सिनाटि र कोलम्बसमा सेवा सुचारु गरिसकेको म्याकग्रथ ल फर्मले अब छिट्टै एकरोनमा र पिट्षबर्गबाट पनि कानुनी सेवा दिन सुरु गर्ने बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय