Sunday, October 6, 2024

हिन्दु विश्वकर्मा मन्दिर निर्माणका लागि तीन दिने ज्ञानमहायज्ञ आयोजना हुँदै

spot_img

हिन्दु विश्वकर्मा मन्दिर निर्माणका लागि तीन दिने श्रीमद विश्वकर्मा महापुराण हुने भएको छ । विश्वकर्मा पुजाको अवसरमा हिन्दु विश्वकर्मा समाजले उक्त धार्मिक र साँस्कृतिक श्रीमद विश्वकर्मा महापुराण ज्ञानमहायज्ञ आयोजना गर्न लागेको हो ।

विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको हिन्दु विश्वकर्मा समाजले सेप्टेम्बर १३ देखि १५ तारिकसम्म चल्ने महापुराण ज्ञानमहायज्ञ इतिहासिक रहने दावि गरेको  छ । उक्त तीन दिने महापुराण महायज्ञमा धार्मिक प्रवचन साथै ख्यातिप्राप्त कलाकारहरुबाट भजन, किर्तन तथा साँस्कृतिक नृत्य समेत प्रस्तुत हुने आयोजक हिन्दु विश्वकर्मा समाजले जानकारी दिएको छ ।

संस्थाका उपाध्यक्ष विष्णु रामदामले महायज्ञको उद्देश विशवशान्ति र मानव एकताका रहेको बताउनु भयो  । उपाध्यक्ष रामदामले भुट्निज निउजसँग संक्षिप्त कुरा गर्दै महायज्ञको मुल उद्देश्य खासगरी हिन्दु विश्वकर्मा मन्दिर र भवन निर्माण  रहेको पनि खुलाउनु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय