Sunday, October 6, 2024

अमेरिकामा तेस्रो आईओवा हिमालयन च्याम्पियनसिप कप २०२४ आयोजना हुँदै

spot_img

आईओवा हिमालयन फुटबल क्लब द्वारा अमेरिकाको आईओवाको डिमोइन्समा सेप्टेम्बर २७ देखी २९ सम्म हुने भएको छ ।

यस प्रतियोगितामा बयस्क , भेट्रान र अन्डर १४ लाई पनि समेट्न कोशिष गर्ने र महिलाहरुको लागि पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।

बयस्कहरुकोमा प्रथम हुनेलाई १० हजर अमेरिकी डलर र दोस्रो हुनेलाई ६ हजर अमेरिकी डलर , भेट्रानहरुको बिजेताको लागि ५ हजार अमेरिकी डलर र दोस्रो हुने टिमलाई ३ हजार अमेरिकी डलर प्रदान गरिनेछ भने महिला र अन्डर १४ को लागि भने पुरस्कार तोक्न बाकी नै छ । बयस्कहरुको रेजिष्ट्रेसन शुल्क १२ सय अमेरिकी डलर र भेट्रानको लागि १ हजार अमेरिकी डलर तोकिएको छ । यो प्रतियोगिता जेम्स कोव्नी सकर कम्प्लेक्समा हुनेछ ।

अमेरिकामा नेपाली भाषी समुदायहरुमा यस्ता प्रतियोगिताहरु आयोजना भईरहेको जसले समुदायलाई जोड्ने सँगै खेलाडीहरुलाई उत्साह प्रदान पनि भईरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय