Sunday, October 6, 2024

चौथो इन्ट्रा कप २०२४ भलिबल प्रतियोगिताको भव्यताका साथ तयारी

spot_img

अमेरिकामा चौथो सस्करणको इन्ट्रा कप भलिबल प्रतियोगिता यहि सेप्टेम्बर १३ देखी १५ तारिक सम्म इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुँदैछ ।

भर्खरै मात्र चौथो इन्ट्रा कप फुटबल प्रतियोगिता सम्पन्न गरेको आयोजकले भलिबल प्रतियोगिताको पनि औपचारिक जानकारी गराइसकेको छ । महिला र पुरुष दुवै खेल हुने यस प्रतियोगितामा पुरुष तर्फको बिजेताले १२ हजार अमेरिकी डलर र उप बिजेताले ८ हजार अमेरिकी डलर र महिला तर्फ भने बिजेता टिमले ९ हजार अमेरिकी डलर र उपबिजेता टिमले ६ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने खेल स्थान रहेको छ ७५ चाम्प बि,एल,भि,डि मेनहिम पि,ए १७५४५।

आयोजकले सहभागी टिमका खेलाडीहरुले कम्तिमा पनि सम्बन्धित राज्यमा ६ महिना अघी देखी नै स्थायी रुपमा बस्दै आएको आवश्यक कागजात पेश गर्नुपर्नेछ । सम्बन्धित निकायको कर्मचारीले नै उक्त कागजात हेर्ने ब्यवस्था गर्ने भएको छ । यो प्रकृयामा कोही पनि खेलाडी त्रुटी देखिएमा त्यसबाट हुन जाने कानुनी समस्या आयोजक जवाफदेही नहुने आयोजकले नलिने फाउण्डेसनका कार्यकारीणी सदस्य ओम गुरुङले जानकारी गराउनु भएको छ ।

सहभागी हुन केही टिमहरु रेजिष्ट्रेसन भई सकेको र आयोजनाको तिब्र तयारी भईरहेको आयोजक ओम गुरुङले जनाएको छ । भलिबल खेल नेपाली भाषी भुट्निज समुदायमा नेपालमा रहदा देखी नै लोकप्रिय खेलको रुपमा खेलिदै आएको खेल हो । बिगतमा पनि राम्रा राम्रा खेलाडीहरु उत्पादन भएको पाईन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय