Sunday, October 6, 2024

महानगरको सामुदायिक बिधालय सर्बेक्षणमा सांसद रेखा शर्मा र घरेलु कामदार प्रकरणमामा रहेको अभिब्यक्ति

spot_img

काठमाण्डाै महानगरपालिका सामुदायिक विद्यालयमा गरेको सर्वेक्षणका क्रममा एक १७ बर्षिय छात्रले आफुलाई विगत ३ बर्षदेखि जबरजस्ती करणी भइरहेको बताए पछि एक ५४ बर्षिय पुरूष घरबाटै पक्राउ परेका छन् । ति छात्र ( बालिका ) विगत ७ बर्षदेखि सोही घरमा घरेलु कामदारकारूपमा रहेकी थिइन् ।

काठमाण्डौ महानगरले अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई उद्धार गरिसकेको छ । जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएका छन् ।
विद्यालयमा गरेको सर्वेक्षणमा एक बालिकाले आफुमाथि घरेलु हिंसा भइरहेको बताएपछि घर खोज्दै जाँदा घरमालिक प्रदेश सांसद रेखा शर्मा रहेको पत्ता लागेको थियो । सांसद शर्मालाई कारबाही नगरेको भनेर मेयर बालेन शाहले सरकारमाथि दबाब बढाउँदै लगेका छन् । एमालेबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित सांसद रेखा शर्माले एकजना बालिकालाई घरेलु श्रमिकका रुपमा राखेर शोषण गरेको घटनामा उनले सार्वजनिक रुपमा गम्भीर आरोप लगाएका हुन् ।
सांसद शर्मालाई पक्राउ गर्नुपर्ने मागसहित उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सामाजिक सञ्जालमार्फत दबाब दिएका हुन् ।साहले प्रधानमन्त्री ओलीलाई पनि सुशासन भनेको यही हो भनेर प्रश्न गरेका छन् । उनले सुशासनको अर्थ बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख राहत घोषणा गर्नु नै होला भनेर ओलीलाई प्रहार गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय