Sunday, October 6, 2024

अमेरिकाको पेन्सिलभेनिया ह्यारिसवर्गमा बि,सि,एच मेला २०२४ हुँदै

spot_img

 

अमेरिकाको पेिन्सलभेनिया ह्यारिसवर्गमा बि,सि,एच मेला २०२४ भब्य रुपमा हुने भएको छ । भुटनिज कम्युनिटी ह्यारिसबर्गले यो बृहत मेलाको आयोजना गरेको हो । भुटानी समुदाय द्वारा संचालन हुने यस मेला अहिले सम्मकै ठुलो मेला हुने आयोजकहरुको भनाइ रहेको छ । बि,सि,एच अर्थात भुटनिज कम्युनिटी अफ ह्यारिसबर्ग नाम रहेको उक्त मेला ह्यारिसबर्ग एरिया कम्युनिटी कलेज (एच,ए,सि,सि) मा आउदो ६ अक्टोबर २०२४ देखि सुरु हुने भुटनिज कम्युनिटी ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले भुटनिज न्युजलाई जानकारी दिनुभयो ।

मेलामा यस बर्षकै ठुलो सांस्कृतिक कार्यक्रम मौलिक नेपाली परम्परा ,नेपाली जातजातिका झाकी र नेपाली खानाका परिकारहरुको स्टलहरु साथै व्यापारका स्टलहरू राखिने भएको छ । यस मेलामा नेपाली समुदायका मानिसहरु मात्र नभएर स्थानिय नेताहरु सरकारी कर्मचारीहरुको पनि उपस्थिति रहने छ । तेक्वान्दो र करातेले डेमोन्ट्रेसन देखाउदै छ। मधपान र धुम्रपान मेला क्षेत्रमा पूर्ण निशेध गरिनेछ । कुनै पनि कारणले प्रहरी हिरासतमा पर्ने या कानुनी जटिलता आई परेमा आयोजक जिम्मेवारी हुनेछैन ।

हजुरहरु स्टल राखन इच्छुक हुनुहुन्छ भने स्टल राखन इच्छुक हुनुहुन्छ भने बि,सि,एच फेसबुक पेजमा गएर आफ्नो ठाउँ सुरक्षित राख्न सक्नुहुनेछ । यो मेला नेपालीहरुको महान चाड दसैं र तिहारलाई लक्षित गरेर आयोजना गरिएको छ ।

मेलामा सुरक्षा ब्यवस्थापनका लागि १६ जना प्रहरी पनि परिचालन गरिनेछ । उक्त मेलामा अमेरिकाका विभिन्न राज्यहरु बाट नेपालीहरुको बाक्लो उपस्थिति हुने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय