एक्रोनको ओहायोमा बि.एस.ए टेबल टेनिस प्रतियोगिता हुने भएको छ । विश्वकर्मा सोसाइटी अफ अमेरिकले सामाजिक सञ्जाल फेसबुकमा एक सुचना जारी गर्दै यस्तो घोषणा गरेको हो ।
सेप्टेम्बर २८, शनिबार बिहान १० बजेदेखी सुरु भएर दिउँसो ४ बजे सम्पन्न हुने प्रतियोगितामा इच्छुक खेलाडीले सहभागी जनाउन पाउने छन् । इच्छुक खेलाडीले ५० डलर दर्ता शुल्क बझाउने पर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेतालाई अमेरिकी डलर १००० (एक हजार ) उपविजेतालाई अमिरिकी डलर ५०० (पाँच सय) सम्मान गरिने जनाएको । प्रतियोगिताका खेलहरुमा रेफ्री निर्णयलाई अन्तिम मानिने पनि आयोजक बि.एस.एले जनाएको छ ।