Sunday, October 6, 2024

बङ्गलादेशमा डुङ्गा दुर्घटनामा हुँदा ३४ जनाको मृत्यु

spot_img

२५ साउन । युद्धग्रस्त म्यानमारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी ३४ जना रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ । बङ्गलादेशको नदीमा भएको दुर्घटनामा शुरूमा बालबालिकासहित १० जनाको शव तत्काल निकालिएको थियो । अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या ३४ पुगेको छ ।

उनीहरू म्यानमारको रखाइन राज्यको आफ्नै गाउँबाट भागेका र उनीहरू चढेकाे सानो पानीजहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । डुङ्गामा म्यानमारबाट आएका मुस्लिम रोहिङ्ग्याहरू रहेका थिए ।

पछिल्लो केही हप्तामा म्यानमारको रखाइन राज्यमा भएको युद्धका कारण एक हजार जना रोहिङ्ग्या शरणार्थी बङ्गलादेशतर्फ भागेका छन् । बङ्गलादेशमा झन्डै १० जना लाख रोहिङ्ग्याले शरण लिएका छन् जसमध्ये धेरै सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय