Monday, October 7, 2024

जापानको दक्षिणी क्षेत्रमा २ वटा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

spot_img

जापानको दक्षिणी क्षेत्रमा आज दुई वटा शक्तिशाली भूकम्प गएको छ । आज ६ दशमलव ९ र ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

अमेरिकी भाैगर्भिक सर्भे (यूएसजीएस) ले क्युशुको मियाजाकी क्षेत्रमा पहिलो भूकम्प ३३ किलोमिटर र दोस्रो १९ किलोमिटरको गहिराइमा गएको जनाएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षति भए/नभएको कुनै पनि विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

जापानको सञ्चारमाध्यम एनएचके वर्ल्डका अनुसार भूकम्पपछि त्यहाँको मौसम विभागले मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी दिएको छ । चेतावनीमा सुनामीको छाल पटक पटक आउन सक्छ, जोखिम टरेको अर्को सूचना नआएसम्म समुद्र र तटीय क्षेत्रमा नजान र अग्लो ठाउँमा सुरक्षित रहन भनिएको छ ।

भूकम्पपछि प्रधानमन्त्री फुमियो किसिदाले भूकम्पसम्बन्धी आवश्यक निर्देशन तथा सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, थप क्षति हुन नदिन जतिसक्दो चाँडो अवस्थाको आँकलन गरी कदम चाल्न सम्बन्धित निकायलाई भन्नुभएको छ ।

जापान भूकम्पको अति जोखिम देश हो । त्यहाँ बारम्बार साना-ठूला भूकम्प गइरहन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय