Sunday, October 6, 2024

इन्ट्राको नृत्य र गायन कक्षाहरुमा गुरुहरु सम्मानित

spot_img

 

अमेरिकाको बिभिन्न राज्यमा नृत्य र गायन कक्षाहरु संचालन गरिरहेको इन्ट्रा फाउण्डेसनको प्रशिक्षार्थीहरु द्वारा गुरु पुर्णिमाको अवसरमा गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न्न गरिएको छ ।

सन २०२२ मा ओहायो राज्यको सिन्सिनिटीबाट नृत्य र गायन कक्षाहरु संचालनको आरम्भ इन्ट्रा फाउण्डेसनले गरेको थियो । ओहायोको बिभिन्न राज्यहरुमा नृत्य प्रशिक्षकको रुपमा रुपेश उप्रेती र सँगीत तथा गायन प्रशिक्षकमा केशब पौडेलले प्रशिक्षण गरिरहनु भएको छ र पेन्सिल्भेनियाको हेरिस्बर्ग र स्क्रान्टनमा पनि दुई वटा बिधामा नै कक्षाहरु संचालनमा आइरहेको छ । सिन्सिनिटी , कोलम्बस र हेरिस्बर्गमा गुरु पुर्णिमाको अवसरमा गुरुहरु प्रती मायाको चिनो र पुष्प गुच्छाहरु दिएर सम्मान कार्यक्रम गरिएको छ । हेरिस्बर्गमा भने इन्ट्रा फाउण्डेसनका पदाधिकारी ओम गुरुङको सम्योजकत्वमा स्टेट रिप्रेजेन्टेटिभ डेभ म्याडसनको प्रमुख अतिथ्यतामा नेपाली परिकारका भोजनहरुको भोजन ग्रहण सँगै कार्य्रक्रम तय गरिएको थियो

कोलम्बसमा भने फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारी सि एम भट्टराई लगायत अन्य पदाधिकारीहरुको उपस्तिथी रहेको थियो ।
नेपाली कला क्षेत्र चर्चित कोरियोग्राफर शंकर बिसी र मोडल पार्वती राईले पेन्सिल्भेनियामा नृत्य प्रशिक्षकको रुपमा हुनुहुन्छ भने मुस्कान बकम्पाखी र बिकास घले सँगीत प्रशिक्षकको रुपमा हुनुहुन्छ ।

यस फाउण्डेसनले मेरो डान्स यु यस ए र मेरो भोइस यु यस ए हुँदै मेरो डान्स युनिभर्स र मेरो भोइस युनिभर्स जस्त चर्चित रियालिटी शोहरु पनि सम्पन्न गरिसकेको छ । नेपाली भाषा , कला र संस्कृतिको बिकासको लागि नै विश्वभरका नेपालीहरुलाई जोड्ने उदेश्य रहेको अध्यक्ष डिल्ली अधिकारीले उदघोष गर्दै आईरहनु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय