Monday, October 7, 2024

भारतको केरलामा निपाह भाइरसले बालकको ज्यान गएपछि उच्च सर्तकता जारी

spot_img

८ साउन ।  भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ ‘हाई अलर्ट’ जारी गरेका हुन् । स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको बीबीसीले जनाएको छ ।

अस्पताल जानै परे उच्च सावधानी अपनाउन भनिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको जोखिम उच्च देखिएको छ । केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको जानकारी दिनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले निपाह भाइरस सङ्क्रमण सुँगुर र चमेराजस्ता जनावरबाट मानिसमा सर्ने ‘जुनोटिक रोग’ भएको जनाएको छ । डब्ल्यूएचओले यो रोगले महामारी हुनसक्ने भन्दै उच्च सतर्कताका लागि सबैलाई अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय