Monday, October 7, 2024

अफ्रिकामा एक करोड ५० लाख जना शिक्षक अभाव

spot_img

६ साउन ।  अफ्रिकामा शिक्षकको अभाव भएको छ । अफ्रिकी संघ एयूले अफ्रिकी देशमा अहिले एक करोड ५० लाख जना शिक्षकको कमी रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

एयूका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तन आयुक्त मोहम्मद बेलहोसिनले घानाको राजधानी अकरामा भइरहेको एउटा सम्मेलनमा बोल्दै अहिले अफ्रिकामा आवश्यकताभन्दा एक करोड ५० लाख जना शिक्षक कमि रहेको बताउनुभएको हो । उहाँले शिक्षकको कमी हुँदा अफ्रिका महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक प्रभाव पार्ने पनि चेतावनी दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि शिक्षकको सङ्ख्यामा देखिएको यो खाडललाई कम गर्न आग्रह गरेको छ । शिक्षकको सङ्ख्यालाई बढाउन, शिक्षाका पूर्वाधार सुधार गर्न र दीगो विकासका लक्ष्यलाई निर्धारित समयमा पूरा गर्न झन्डै ९० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको पनि आयुक्त बेलहोसिनले बताउनुभएको छ ।

अफ्रिकामा शिक्षकको पारिश्रमिक र सामाजिक प्रतिष्ठा निकै टिठलाग्दो छ । शिक्षक हुनुभन्दा व्यवसायी बन्दा इज्जत र पैसा धेरै हुने कुराले शिक्षकको अभाव भइरहेको पनि आयुक्त बेलहोसिनको भनाइ छ ।

तत्काललाई प्रविधिको प्रयोग गरेर शिक्षकको अभाव कम गर्न सकिने उहाँले सुझाव दिनुभएको छ । इन्टरनेट र विद्युतीय माध्यमको प्रयोग गरेमा एउटै शिक्षकले सयौँ जनालाई पढाउन सक्छन् । तर यसको लागि पनि लगानी बढाउनै पर्ने देखिएको खबरमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय