Monday, October 7, 2024

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्धको मुद्दा खारेज

spot_img

१ साउन । अमेरिकाको फ्लोरिडामा रहेको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजात राखेको आरोपको मुद्दा खारेज गरेको छ । न्यायाधीश इलिन क्याननले यो मुद्दा ल्याउने अधिकार कसैलाई नभएको भन्दै ट्रम्पको पक्षमा फैसला सुनाउनुभएको हो । ट्रम्पले नियुक्त गरेका न्यायाधीश क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका बीबीसीले जनाएको छ ।

ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढङ्गले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो । फैसलापछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले आफूविरुद्धका सबै मुद्दा चुनावी षड्यन्त्र मात्र भएको दाबीसमेत गर्नुभएको छ । ट्रम्पविरुद्ध न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, अवैध रूपमा कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिनेलगायत अभियोगमा मुद्दा दर्ता भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय