Monday, October 7, 2024

झापाको बेलडाँगी क्याम्पमा सिजल एण्ड सिस्टर फाउण्डेसनको सहयोगमा अशक्त परिवारहरुको घर सरसफाई कार्यक्रम सम्पन्न

spot_img

झापा ।  झापाको बेलडाँगी क्याम्पमा सिजल एण्ड सिस्टर फाउण्डेसनको आर्थिक सहयोगमा २० अशक्त परिवारहरुको घर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

भुटानी महिला मन्चले तय गरेको कार्यक्रमको योजना अनुसार नै गएको मंगलबार यो कार्यक्रम भएको थियो । बेलडाँगी क्याममा अशक्त परिवारहरुको लागि भनेर २० वटा छुटटै आवास निर्माण गरिएको छ । जहाँ एकल महिला , शारीरिक र मानसिक अपाङ्गता भएका, दिर्घ रोगीहरुको बस्दै आएका छन्  । उक्त आवासहरुलाई समय समयमा सरसफाइ र शारीरिक सरसफाइ भएन भने बर्षायाम या गर्मिमा फोहोर मैलाको कारण जोखिम हुने भएकोले बस्ती ब्यवस्थापन समितीले पनि यो कार्यको लागि समन्वय गरिरहेको छ ।

कार्यक्रममा बस्ती ब्यवस्थापन समितिका सचीब सन्चहाङ सुब्बा, सिजल एण्ड सिस्टरबाट फाउन्डेसनका प्रतिनिधि अवि अधिकारी, थिरु प्रसाद घिमिरे, दिपा शर्मा र महिला मञ्चका संयोजक श्री रिन्जिन डेमा ज्यूको नेतिृत्वमा मञ्चका कर्मचारी साथै महिला दिदि बहिनीहरुको सकिृय सहभागितामा सम्पन्न भएको थियो । त्यस कार्यक्रममा बोल्नुहुँदै बस्ती व्यवस्थापन समिति बेलडाँगीका सचिव श्री सन्च हाङ सुब्वा ज्यूले यस्तो कार्यक्रम आयोजना गर्नलाई सहयोग गर्नु हुने सिजल एण्ड सिस्टर फाउण्डेसनका मेघ सुबेदी ज्यु प्रती धन्यवाद दिनुभई यस कार्यक्रमलाई निरन्तरता दिनका लागी महिला मञ्चलाई आग्रह समेत गर्नुभएको थियो । आयोजक समितिका संयोजक ज्यूले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै त्यस कार्यक्रममा सहभागी सम्पूर्णलाई पनि धन्यवाद दिनुभई कार्यक्रम समापन भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय