Sunday, October 6, 2024

सिजल एण्ड सिस्टर द्वारा पथरी शनिश्चरे क्याममा वार्षिक बजेट प्रस्तुत

spot_img

पथरी शनिश्चरे क्याममा गएको बिहीवार बस्ती व्यासथापन समितिको कार्यालयमा सम्बन्धित सम्पूर्ण अजेन्सी प्रतिनिधिहरुको उपस्तिथीमा सिजल एण्ड सिस्टर द्वारा वार्षिक कार्य योजना अनुरुप तयार गरिएको बजेट प्रस्तुत गरिएको छ।

हाल अमेरिकामा रहेका मेध सुबेदी द्वारा सन्चालित सिजल एण्ड सिस्टरले गएको बर्ष देखी नै झापाको बेलडाङ्गी क्याममा वार्षिक कार्यक्रमलाई बजेट दिदै आईरहेको थियो थियो भने पथरी क्याममा यो योजना लागु गरिएको थिएन । यस अवस्थामा पथरी क्याम सचीब करण राईको पथरीमा पनि योजना माग गरिएको प्रस्ताब्लाई सस्थाको अध्यक्ष मेघ सुबेदी द्वारा पारीत गर्दै कार्य अगाडी बढ्ने भएको छ । क्याम सचीब करण राई ज्युको अध्यक्षतामा बसेको संयुक्त भेलामा सस्थाको तर्फबाट कार्यकम सम्योजक अभी अधिकारीले वार्षिक बजेट सार्वजनिक गरेका थिए ।

जस अन्तर्गत मासिक रुपमा युवा मैत्री केन्द्रलाई रु २५ हजार , यस डब्लु टिलाई रु २० हजार , भुटानी महिला मन्चलाई रु १५ हजार , ब्राडलाई रु १० हजार र बि आर सि एफ लाई रु १५ हजार मासिक कार्यक्रमको लागि गरेर कुल रु दश लाख पच्चिस हाजर रुपैयाको वार्षिक बजेट प्रदान गरिने अधिकारिक जानकारी सम्बन्धित सस्थाको प्रतिनिधिहरुको उपस्तिथिमा गरिएको छ ।

सस्थाको उपाध्यक्ष शंकर कार्कीको उपस्तिथी रहेको कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले बिभिन्न कौतुहलताको बिषयलाई उठान गरेका थिए । बेलडाङ्गी भुटानी महिला मन्चका प्रतिनिधि अस्मिता भुजेल द्वारा सिजल एण्ड सिस्टरको सहयोगमा केही समय अघि बेलडाङ्गी क्याममा बालबालिकाहरुलाई खेलाईएको फुटबल रोचक र फरक कार्यक्रम भएको अनुभब बाढ्नु भएको थियो । ब्राडको कार्यक्रम सम्योजक गोबिन्द रिजालले केही कर्मचारीको अभाबको कारण कार्यक्रम स्थगन भएको र कार्यक्रम किन भईरहेको छैन भनेर अन्तरकृया गर्न खाचो रहेको बताए ।

बेलडाङ्गी भुटानी महिला मन्च रिन्जिन डोल्मा द्वारा सस्थाको सहयोग द्वारा उद्घोषण तालिम राखिएको र धेरै लाभान्वित भएको जानकार भएको बताएकी छिन । पथरी क्यामबाट सस्थागत प्रतिनिधि सुमित्रा राईले कार्यक्रमको लागि सहयोग गरेकोमा सिजल एण्ड सिस्टर प्रति आभारी रहेको र अन्त्यमा क्याम सचीब करण राई द्वारा ब्यवस्थापन समितिलाई गरेको सहयोग प्रती बिशेष धन्यवाद प्रकट गर्दै कार्यक्रम सकिएको थियो ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय