Monday, July 8, 2024

विश्व शरणार्थी दिवस २०२४ को अवसरमा भुटानी शरणार्थीहरुका मुद्दालाई उठान गर्ने

२ असार, झापा । पथरी शनिश्चरे क्याम्पमा विश्व शरणार्थी दिवस २०२४ को अवसरमा बिबिध कार्यक्रमको साथ भुटानी शरणार्थीहरुको मुद्दालाई उठान गर्ने भएको छ ।

क्याम्प सचीब करण राईको अनुसार सिबिर क्याम्प भित्रबाट नै स्थानिय कलाकारहरुद्वारा ‘घिटघिटो’ नामक नाटक मन्चन हुने भएको छ । जसलाई लेखन तथा निर्देशन दिलिप राखाली राईले गरेका छन् । जुन नाटकमा कलाकारहरु निराहाङ राई, एलन राई, रणबिर राई, सुबाश खरेल, एन्जिला राई, कल्पना नेसार, सम्झना मुखिया, छेवाङ लामा र अन्य कलाकारहरुले नियमित नाटक अभ्यास भईरहेको छ । यस नाटकलाई समाजसेबी तथा ब्यावसायी हाल अमेरिकामा रहनुहुने भिम गुरुङले प्रायोजन गर्नुभएको छ भने यस कार्यक्रमलाई एल डब्लु एफ र शरणार्थीको लागि संयुक्त राष्ट्र उच्च आयोगले सहयोग गरेको छ ।

अहिले सम्म प्ले कार्ड बोकेर कोण सभामा सम्पन्न हुँदै आएको यस कार्यक्रमलाई एतिहासिक ढंगले आयोजना गरिने बस्ति ब्यवस्थापन समितिको तयारी रहेको छ । असार ६ गते यन एच ए को खेल मैदानमा साझको ५ बजेबाट रात्रीकालिन समयमा कार्यक्रम गरिने भएको छ । साउण्ड, स्टेज र प्राबिधिकको काम इगल साउण्ड सिस्टम दमकले गर्ने निधो भएको छ । कार्यक्रमलाई अझ ब्यापक बनाउन राष्ट्रिय स्तरको कलाकारको लागि कुराकानी भईरहेको क्याम्प सचीब राईले जानकारी दिनुभएको छ ।

अन्य सास्कृतिक कार्यक्रम या झाकी प्रस्तुतीको लागि सुजना डान्स सेन्टर लगायत अन्य स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ । अफिसियल मेडिया पार्टनरको रुपमा भुटनिज न्युज र चारघरे अनलाइन रहनेछन । यस कार्यक्रम मार्फत भुटानी शरणार्थीहरुसँग सम्बन्धित मुद्दालाई उजागार गर्ने र स्थानिय सरकार, प्रदेश र केन्द्र सम्मको नै ध्यानाकर्षण गरिने उदेश्य रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय