Sunday, October 6, 2024

विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु

spot_img

विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु गरेका छन् ।राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का झन्डै २८ हजार जना सदस्यले हडताल शुरु गरेका हुन् । उनीहरूले बोनस प्रणाली सुधार गर्न र कामदारको वार्षिक बिदामा केही दिन थप गर्न माग गरेका छन् ।

कर्मचारी युनियनका वरिष्ठ नेता ली ह्युन–कुकले माग सुनुवाइ नभए अर्को चरणको सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिनुभएको छ । सङ्घले आज सियोलमा रहेको सामसङको मुख्यालय नजिकै ठूलो र्‍याली निकाल्ने योजना बनाएको छ ।

विश्लेषकहरूले यो हडताल चिप उत्पादनमा ठूलो प्रभाव पार्ने सम्भावना नरहेको बताएका छन् । किनकि विश्वको सबैभन्दा ठूलो ुचिपु उत्पादक सामसङ स्वचालित उत्पादन प्रणालीमा गइसकेको छ । तर चीप उत्पादनबाहेकका अरू काममा भने असर पर्ने खबरमा उल्लेख छ ।

सामसङले गएको शुक्रवार मात्रै यो वर्षको दोस्रो त्रैमासिकमा मुनाफामा १५ गुणाले वृद्धि भएको अनुमान गरेको थियो । कर्मचारीको आन्दोलन बढ्दै गएमा नाफामा कमी आउन सक्ने देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय