Sunday, October 6, 2024

सिजल एण्ड सिस्टरद्वारा पथरी शनिश्चरे क्याम्पमा वार्षिक बजेट प्रस्तुत

spot_img

२४ असार, झापा ।  पथरी शनिश्चरे क्याम्पमा गत बिहीवार बस्ती व्यवस्थापन समितिको कार्यालयमा सम्बन्धित सम्पूर्ण एजेन्सी प्रतिनिधिहरुको उपस्थितिमा सिजल एण्ड सिस्टरद्वारा वार्षिक कार्य योजना अनुरुप तयार गरिएको बजेट प्रस्तुत गरिएको छ ।

हाल अमेरिकामा रहनुभएका मेध सुबेदीद्वारा सञ्चालित सिजल एण्ड सिस्टरले गएको वर्ष देखी नै झापाको बेलडाँगी क्याम्पमा वार्षिक कार्यक्रमलाई बजेट दिँदै आईरहेको थियो तर पथरी क्याम्पमा उक्त योजना लागु गरिएको थिएन ।

यस्तो अवस्थामा पथरी क्याम्प सचिव करण राईको पथरीमा पनि योजना माग गरिएको प्रस्तावलाई संस्थाको अध्यक्ष मेघ सुबेदीद्वारा पारित गर्दै कार्य अगाडी बढ्ने भएको छ । क्याम्पका सचिव करण राईको अध्यक्षतामा बसेको संयुक्त भेलामा संस्थाको तर्फबाट कार्यक्रम संयोजक अभी अधिकारीले वार्षिक बजेट सार्वजनिक गर्नुभएको थियो । जस अन्तर्गत मासिक रुपमा युवा मैत्री केन्द्रलाई २५ हजार रुपैयाँ, यस डब्लु टिलाई २० हजार रुपैयाँ, भुटानी महिला मन्चलाई १५ हजार रुपैयाँ, ब्राडलाई १० हजार रुपैयाँ र बि आर सि एफ लाई १५ हजार रुपैयाँ मासिक कार्यक्रमको लागि गरेर कुल दश लाख पच्चिस हजार रुपैयाँको वार्षिक बजेट प्रदान गरिने अधिकारिक जानकारी सम्बन्धित सस्थाको प्रतिनिधिहरुको उपस्तिथिमा गरिएको छ ।

संस्थाको उपाध्यक्ष शंकर कार्कीको उपस्थिति रहेको कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले बिभिन्न कौतुहलताको बिषयलाई उठान गरेका थिए । बेलडाँगी भूटानी महिला मन्चका प्रतिनिधि अस्मिता भुजेलद्वारा सिजल एण्ड सिस्टरको सहयोगमा केही समय अघि बेलडाँगी क्याम्पमा बालबालिकाहरुलाई खेलाईएको फुटबल रोचक र फरक कार्यक्रम भएको अनुभब बाढ्नु भएको थियो ।

ब्राण्डको कार्यक्रम समंयोजक गोबिन्द रिजालले केही कर्मचारीको अभावका कारण कार्यक्रम स्थगन भएको र कार्यक्रम किन भईरहेको छैन भनेर अन्तरक्रिया गर्न खाँचो रहेको बताउनुभयो । बेलडाँगी भुटानी महिला मन्च रिन्जिन डोल्माद्वारा संस्थाको सहयोगद्वारा उद्घोषण तालिम राखिएको र धेरै लाभान्वित भएको बताउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय