Sunday, October 6, 2024

वरिष्ठ समाजसेवी एवं कुशल व्यवसायी भीम गुरुङद्वारा होमलेसहरुलाई भोजन सेवा

spot_img

संयुक्त राज्य अमेरिकाको ओमाहा शहरको नेब्रास्कामा स्थायी बसोबास गर्दै आउनुभएका भुटानी समाज नेब्रास्काका वर्तमान अध्यक्ष, बुद्दिष्ट समाज नेब्रास्काका फर्मर प्रेसिडेन्ट, ग्लोबल भुट्नीज साहित्यीक संगठनको फर्मर रिडर तथा आइमार्ट होलसेलका निर्देशक भीम गुरुङले काठमाडौंको खुल्ला आकाशमूनी, चिसो सडक पेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य सयौं दुःखी, गरीब, अशक्त तथा असहाय भएका मानिसहरुलाई आषाढ २३ गते तातो खाना खुवाउनुभएको थियो ।

भोजन दान, महाकल्याण’ सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गेर्ने वरिष्ठ समाजसेवी गुरुङ समाजको उदाहरणीय पात्र हुनुहुन्छ । समाजसेवी गुरुङले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, खोला किनारा, सडक पेटी लगायत पुल मूनी रात काट्न बाध्य भएका व्यक्तिहरुलाई मासिक रुपमा कम्तिमा एक दिन खाना खुवाउँदै आउनुभएको छ । मिजासिलो स्वभावका गुरुङ सबैको लागि प्रेरणाका मुहान हुनुहुन्छ ।

समाजसेवी एवम् बौद्धिक व्यक्तित्व भीम गुरुङ एक कुशल कलाकार पनि हुनुहुन्छ । हरेक विधामा उत्तिकै दख्खल राख्ने गुरुङ विभिन्न विधामा अब्बल हुनुहुन्छ ।

उहाँले, प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यलाई सबैले सकेको सहयोग गर्नको लागि अनुरोध समेत गर्नुभएको छ ।

नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्तर जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य आजका मितिसम्म पनि सञ्चालनमा रहेको छ । सजमा पत्रकार तथा समाजसेवी अर्जुन प्रधानको पनि उत्तिकै सहयोग रहेको छ ।

भोजन सेवा जस्तो पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती एव् स्वच्छीक रुपमा सहयोग पुर्याउँदै आउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय