Monday, October 7, 2024

पथरी शनिश्चरे भुटानी क्याममा खुल्ला सामुहिक नृत्य प्रतियोगिता हुने

spot_img

पथरी शनिश्चरे भुटानी क्याममा खुल्ला सामुहिक नृत्य प्रतियोगिता हुने भएको छ । ज्येष्ठ २३ गते सुजना डान्स सेन्टरका सस्थापक सुजना राईको जन्म दिनको अवसरमा नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ ।

सामुहिक खुल्ला नृत्यलाई समेटेर आयोजना हुने यस प्रतियोगितामा कुनै पनि डान्स सेन्टर या इच्छुकहरुले सामुहिक रुपमा सहभागिता जनाउन पाउनेछन । कुनै पनि प्रबेश शुल्क नतोकिएको यस प्रतियोगितामा प्रथम प्रतियोगीलाई रु २५ हजार र दोस्रो प्रतियोगिलाई रु १५ हजार र ट्रफी प्रदान गरिने कार्यक्रम सम्योजक बिनम राईले जानकारी दिएका छन ।

पथरी शनिश्चरे -१० भुटानी क्याममा अवस्थित सुजना डान्स सेन्टरले स्थानिय बाल बालिकाहरु र युवाहरुलाई नृत्य प्रशिक्षण गर्दै आईरहेको छ । जसलाई हाल अमेरिकामा हुनुहुने ब्यावसायी रेन्जु राईले आफ्नो छोरीको नाममा नियममित सहयोग गर्दै आएका छन।

यस प्रतियोगिता पनि आफ्नो छोरीको जन्म दिनको अवसरमा आयोजना गरेका हुन ।प्रतियोगितामा ३ जना सम्बन्धित क्षेत्रबाट निर्णायक राखिने छ । सो कार्यक्रम आगामी ज्येष्ठ २३ गते बुधवार बिहानको ११ बजेबाट हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय