Sunday, October 6, 2024

नेपाली ब्याडमिण्टन संघद्वारा पहिलो सिराक्यूज खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुने

spot_img

जेठ १२ । नेपाली ब्याडमिण्टनसंघले न्युयोर्कमा पहिलो सिराक्यूज खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । पुरुष खुल्ला एकल, पुरुष डबल ग्रेड ए र पुरुष डबल ग्रेड बि गरेर तिन श्रेणीमा खेल खेलाइने आयोजकले तयारी गरेको छ । मे २४ बाट दर्ता लागि खुल्ला आह्वान गरिएको छ भने दर्ता शुल्क ३५ डलर र अतिरिक्त कृयाकलापको लागि ३० डलर तोकिएको छ । खेल जुलाई २७ मा न्युयोर्कको सिराक्यूज २०१ हेमिल्टन स्ट्रिटमा हुने भएको छ ।

हराइजन केयर एल एल सि, नेपाली रेष्टुरेन्ट बार, टिकटक रेष्टुरेन्ट एण्ड बार, नमस्ते नेपाल, हिमालयन स्टोर, नेपाली अन्तरराष्ट्रिय बजार कर्ण मगर, भिम थापा लगायतले आर्थिक सहयोग गरेका छन् भने भुट्निज अमेरिकन ब्याडमिण्टन क्लब, ग्रेटर रोचेष्टर ब्याडमिण्टन क्लबको प्राविधिक सहयोग रहेको छ । बिजेता टिमलाई ५ हजार डलर र ट्रफी प्रदान गरिनेछ ।

ब्याडमिण्टन खेल शारिरीक स्वास्थ्यको निमित्त अत्यन्त फाईदाजनक खेल हो, एक वा दुई भन्दा माथि खेलाडीहरुले पनि खेल्न सकिने भएको कारण पनि यो खेल सहज ढंगले खेल्न सकिने इन्डोर खेल हो ।

What’s your Reaction?
+1
1
+1
6
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय