Monday, October 7, 2024

मोरङमा सुरक्षागार्डको हत्या ठेला चालकबाट !

spot_img

मोरङको बिराटनगर–२ मा ठेला चालकबाट   सुरक्षागार्डको  हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले घटनामा संलग्न भएको अारोपमा ठेला चालक बिराटनगर–४, जामुनगाछीका २६ वर्षीय युबकलाई पक्राउ  गरी आइतबार सार्वजनिक गरेको हो ।

यसअघि ३ भदौमा बिक्की हार्डवेयरका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको हत्या भएको थियो ।

मोरङ प्रहरीका डिएसपी निशान थापाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सहनीको ठेला स्ट्याण्ड भट्टराईको पसल नजिकै थियो ।

‘सहनीको हार्डवेयर पसलमा कहिलेकाहीँ आउजाउ भइरहने गरेको थियो’, थापाले भने, ‘घटना भएको दिन सामान्य विवादमा सहनीले भट्टरार्इलाई धकेलेको अनुसन्धानबाट देखिएको छ ।’ त्यसपछि शरीरको विभिन्न भागमा रडले हानेर भट्टराईको हत्या भएको देखिएको थापा बताउँछन् ।

‘घटना भएको दिनको सीसी टिभी फुटेजमा पनि उनी पटकपटक हार्डवेयर पसलमा गएको देखिएको थियो’, उनले थपे । त्यही तथ्यलाई पछ्याउँदै जाँदा सहनीलार्इ पक्राउ गर्न प्रहरी सफल भएको हो  ।

प्रहरीको अनुसन्धानले सहनी लागूऔषध दुर्व्यसनी समेत भएको देखाएको छ । घटना भएको दिन पनि उनले मदिरा सेवन गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका सहनीमाथि कर्तव्य ज्यान मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय