Monday, October 7, 2024

पेन्सिल्भेनियाको हेरिसबर्गमा भारतीय नायक गोबिन्दक सहितको समर मेला

spot_img

 

ए भि इन्टरटेन्टमेन्ट अमेरिकाको सहयोगमा प्रतिष्ठित ‘हिरो नम्बर १-गोविन्द’ सहितको समर मेला आयोजना गरिएको छ ।
जेम्बो श्राइन अडिटोरियम, २८०१ एन तेस्रो #२ , हेरिस्बर्ग पेन्सिल्भेनिया १७११० मा हुने तय गरिएको छ । यस मेला ३१ मे २०२४ मा साँझ ६ बजे देखि सुरु हुने छ । यस बृहत मेलाका लागि स्थानीय व्यवसायहरू र अन्य राज्यहरूबाट पनि सहयोग रहेको छ। एट्लान्टा जर्जियाबाट फ्युजन गेमहरू, जो गोविन्द टुरका लागि राष्ट्रिय-स्वर्ण मुख्य प्रायोजक रहेको छ । दिलीप रियाल्टर-लोफ्टस होम्स रियल इस्टेट, सुहाग ज्वेलर्स ,हाम्रो ज्वेलरी ,सन मोटर्स बि.एम.डब्लु, मुड वाश प्लेनट फिटनेस मेचनिक्स्बुर्ग् सिल्भर प्रायोजकमा रहेको छ । सांग्रिला र भारतीय करी लाउन्ज फुड पार्टनर रहेको छ । यस मेलामा फिलाडेल्फियाबाट श्री पानवाला , रिता आइसक्रिम, बोबा टी हाउसको पनि सहभागिता रहने छ । अजिम फेसन्स , प्रिन्ट र डिजाइनका उत्कृष्ट कलेक्सन्स पनि रहनेछ । लिटिल इन्डिया र होम रियल्टीको पनि साथ रहेको छ।

त्यस्तै मेलालाई थप उत्साहित बनाउनका लागि प्रख्यात डिजे राग र डि जे स्किल बाल्टिमोरका कराओके गायक- मेलोडी बाइ दिवा ‘। ढोली लक्की सिंहको साथमा उनको टोली – जी सिङ द र्यापर, सन्ताली शेख र हरलीन, संयुक्त राज्य अमेरिकाको कान्छी ढोली – अरविन लगायतका कलाकार हरुको पनि उपस्थिति रहने छ । यस क्षेत्रका तीन सबैभन्दा लोकप्रिय नृत्य विद्यालयहरू – ब्लूमिङ लोटस, नाट्यशाला र जि २ नृत्य स्टुडियो द्वारा प्रदर्शन हुनेछ । यस मेलामा मानिसहरुका लागि एक ३६० फोटोबुथ हुनेछ र केही राम्रो भिडियो लिन मिल्ने व्यवस्था गरिएको छ । यस बृहत मेलाको मुख्य आकर्षणमा बलिउड सुपरस्टार हिरो नम्बर १ उर्फ ​​गोविन्दाको बेजोड प्रस्तुति रहनेछ । यस मेलामा खाना, रमाइलो, किनमेल र खेलहरू, ३६० फोटोबुथ, डीजे मनोरन्जन साँझ ७ बजेदेखि ८:३० बजे सम्म हुने छ भने स्थानीय प्रस्तुति- नृत्य समूह, कराओके गायन, स्ट्यान्ड अप कमेडी, ढोल मनोरञ्जन ८.३० देखि ८.४५ सम्म जोडी नम्बर एक प्रतियोगिता ८:४५ देखि ९ बजेसम्म संचालन हुनेछ । ९ बजे देखि १० .१५ बजेसम्म नायक तथा नम्बर वान अभिनेता गोविन्दाले स्टेजमा आफ्नो प्रस्तुति दिनेछ्न ।

त्यस्तै मेलामा गोविन्दालाई भेटेर आफ्नो तस्बिर लिनको लागि आफ्नो मिट एण्ड ग्रिट भि आई पि टिकटहरू लिने व्यवस्था मिलाइएको छ र (भिआईपी र भिभिआईपी पाहुनाहरूका लागि मात्र ८.३० देखि ९ बजे सम्म भेटघाट र फोटोसेसनको लागि समय रहने छ र यसमा धेरै प्याकेजहरू उपलब्ध छन् । यस मेलालाई तपाईले पनि स्पोन्सर गर्न सक्नुहुने छ । उल्लेखित नम्बर (७१७) ३१५-२३०९ मा संपर्क गर्न सक्नुहुनेछ । भि भि आई पि प्याकेजको लागि, (७१७) ६०२-४१९३ मा कल साथै अनलाइन एप (सुलेखा) मार्फत आफ्नो टिकट सुरक्षित गर्न सक्नुहुने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय