Saturday, October 5, 2024

बेलडाङ्गी क्याममा इन्टर सेक्टर नकाउट भलिबल टूर्नामेन्ट सम्पन्न

spot_img

बैशाख ८, झापा ।  झापाको बेलडाङ्गी क्याममा इन्टर सेक्टर नकाउट भलिबल टूर्नामेन्टको ट्रफि सेक्टर “डि” ले उचालेको छ । साहित्यिक समाज भुटानले आयोजना गरेको खेल मे १५ देखि सुरु भएर मे १९ मा सम्पन्न भएको थियो ।

सन २०२१ मा स्थापना भएको साहित्य समाज भुटानको आयोजनामा युवाहरु कुलतमा फसिरहेको अवस्थालाई मध्यनजर गर्दै सिजल एण्ड सिस्टर्स एल एल सि का अध्यक्ष मेघ सुबेदीको सहयोगमा ८ वटा टिमहरु सम्मिलित भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ ।

त्यस्तै सेक्टर `डि´ र सेक्टर `बि´ बिच भएको फाइनल खेलमा सेक्टर डि बिजेता घोषित हुँदै ट्रफि सहित नगद ५ हजार रुपैयाँ पुरस्कार पाएको थियो । उप बिजेता सेक्टर `बि´ ले ट्रफि सहित नगद रु ३ हजार प्राप्त गरेको थियो । खेलमा म्यान अफ द म्याच अभिया विश्वकर्मा र बेस्ट खेलाडीका रुपमा बिबेक थापा घोषित भए ।

फाइनल खेलमा प्रमुख अतिथि क्याम सचीब सन्चहाङ सुब्बा, पथरी शनिश्चरे क्यामका पूर्व सचीब चम्फासिङ राई लगायत अन्य अतिथीहरुको उपस्तिथी रहेको थियो । यस आयोजनाले खेलाडीहरुमा थप उत्साह थपेको छ ।

What’s your Reaction?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय