Sunday, November 17, 2024

१९ वर्षमुनिको नेपाली टोलीले कर्नाटकलाई १ सय २१ रनले हरायो

spot_img

२ कात्तिक ।  १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई तेस्रो खेलमा १ सय २१ रनले हराएको छ ।

नेपाली युवा टोलीले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली ४० ओभर २ बलमा १ सय ६१ रनमा अलआउट भयो । कर्नाटकका गगन रावले सबैभन्दा धेरै ४६ रन बनाए । नेपालका नरेन साउदले ४, युवराज खत्रीले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालकातीन जना खेलाडीले अर्धशतक बनाए । रोशन बिकेले नटआउट ८१, मयन यादवले ५८ र उत्तम थापा मगरले ५२ रन बनाए । कर्नाटकका लोहिथ र वासुले २/२ विकेट लिए ।

योसँगै पाँच खेलको शृङ्खलामा नेपालले अग्रता लिएको छ । पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने भने दोस्रो खेल नेपालले जितेको थियो ।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेलिरहेको हो । यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय