Monday, October 7, 2024

भुटानी किरात राई अर्गनाइजेसन अफ अमेरिकाको शाखा हेरिजबर्गले वार्षिक सम्मेलन र उभौली साकेला आयोजना गर्ने भएको छ ।

spot_img

 

भुटानी किरात राई अर्गनाइजेसन अफ अमेरिका (बोक्रा) को शाखा हेरिजबर्गले यहि मी २५ र २६ तारिकका दिनमा वार्षिक सम्मेलन र उभौली साकेला क्षेत्र स्तरलाई समेट्दै आयोजना गर्ने भएको छ । वार्षिक सम्मेलनमा को आगामी कार्यक्रमहरुको कार्यान्वयन र मुल्याङ्कनबारे छलफल हुनेछ । सन २०१४ मा स्थापना भएको यस सँस्थाले बिभिन्न सांस्कृतिक कार्यक्रमहरु अमेरिकामा निरन्तर गर्दै आईरहेको छ ।

किरात जाति समुदायको महत्वपूर्ण पर्ब उधौली र उभौली हुन । मार्ग शुक्ल पक्षलाई हेरेर अर्थात किरातहरुको मुन्धुममा चराहरुको आवात जावत गर्ने समयलाई ख्याल गरेर उधौली र उभौली पर्ब परम्पारागत रुपमा किराती समुदायमा मनाउदै आईरहेको छ ।

माटोसँग बिशेष सम्बन्ध राख्ने किरातीहरुले कृषिको सुरुवात सँगै यो परम्पारा जोडीएको भनिन्छ । सोही अनुरुप संसारको जुनसुकै कुनामा रहेरा पनि यो पर्ब किरातीहरुले बिशेष पर्बको रुपमा मनाउदै आएका छन । यस कार्यक्रममा सकेला नाच प्रतियोगितामा बिभिन्न राज्यहरुबाट सहभागी हुनेछन । यो प्रतियोगिताली किराती युवाहरुमा आफ्नो संस्कार प्रती अझ लागिरहन र बिकास गर्न उत्प्रेरित गर्ने गरेको पाईन्छ ।

मे २६ मा हेरिसबर्गमा भने सबै राज्यहरुलाई केन्द्रित गर्दै केन्द्रिय स्तरको उभौली साकेला , साकेवा , साकेनन कार्यक्रम भब्य रुपमा आयोजना गरिएको छ जहाँ सांगीतिक प्रस्तुती दिन नेपाली गीत संगीतका अग्रज ब्यक्तित्वहरु लोक गायक तथा अबैतनिक महावाणिज्य दुत प्रेम राजा महत , लोक गायिका शान्ति भण्डारी , द भोइस अफ नेपाल सिजन ४ का बिजेता करण राई लगायतका कलाकारहरुको बिशेष प्रस्तुती रहनेछ । सामुदायिक प्रतिनिधित्वको सम्मान गर्दै गायक करण राईलाई सायाचोङ अर्थात शिर उभ्याउने कार्यक्रम पनि समाहित गरिनेछ ।

What’s your Reaction?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय