Sunday, October 6, 2024

अमेरीकामा दुईदिने नेपाली साहित्यीक सम्मेलन सम्पन्न

spot_img

भदौ २०, अमेरीका । (ग्लोबल भुट्निज लिटरेलली अर्गनाईजेसन जिबिएलओ) ले सामयीक सन्दर्शन तथा साहित्यीक सम्मेलन २०१८ भब्यताको साथ अमेरीकामा सम्पन्न गर्यो ।


सम्मेलन यहि सेप्टेम्बर १ र २ तारीखमा अमेरीकाको नर्थ क्यारोलाईनाको सालोट्टमा भएको थियो । कार्यक्रममा कला, भाषा र साहित्यमा समर्पित दर्जनौ साहित्यीक श्रष्टाहरुले यस दुई दिने साहित्य सम्मेलनमा आफ्नो साहित्यीक कोसेली सम्मेलनमा पस्तुत गरेका थिए ।


नेपाली भाषा र साहित्यलाई संरक्षण र विभीन्न देशमा छरीएर रहेको नेपाली साहित्यकोलाई समेट्ने उदेश्यले यस कार्यक्रम आयोजना गरीएको शाखाका माहासचिव कर्ण गुरुङले बताए ।
प्रत्येक बर्ष आयोजना हुने यस कार्यक्रममा अमेरीकाको विभीन्न राज्यमा छरीएर रहेको नेपाली श्रष्टाहरुले एकै ठाउमा भई आ–आफ्नो साहित्यीक कोसेली पस्कने कुरा जिबिएलओ नर्थ क्यारोलिना च्याप्टरका ओम अधिकारीले जानकारी दिए ।


कार्यक्रममा भुटान देखी नेपाल हुदै अमेरीका सम्मको सुःख दुःख, माया प्रेमले भरीएको अग्रज श्रष्टा पञ्चमान गुरुङको “मेरो जिवनी” नामक पुस्तक विमोचन गरीएको थियो । साथै ईश्वर ढकालको रुवाई संग्रह “अक्षरहरुको जुलुस” नामक अर्को पुस्तक पनि विमोचन गरीएको थियो भने अन्या ३ ओटा पुस्तकको समीक्षा गरीएको थियो ।


कार्यक्रमको प्रमुख अतिथीमा अग्रज गंगाराम लामीटारे थिए । अमेरीकामा रहेर नेपाली भाषा शिक्षणमा समर्पित ४ जनालाई सम्मनीत गरीएको थियो । साथै जिबिएलओको साहित्यीक अनलाईन मुख पत्रिका भुटनिजराईटर्स डट कमको आरम्भ गरीएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय