Sunday, October 6, 2024

अमेरिकामा चौथो पिट्सबर्ग च्यालेन्च कप २०२४ आयोजना हुने

spot_img

पिट्सबर्ग स्टेटमा हुने यस अन्तर स्टेट स्तरिय आयोजनाको बिजेताले १० हजार अमेरिकि डलर र उप-बिजेताले ६ हजर अमेरिकि डलर प्राप्त गर्नेछन । यस आयोजनालाई सिजल एण्ड सिस्टर एल एल सि का संचालक अर्थात समाज सेबी मेघ सुबेदी प्रायोजकको रुपमा रहेका छन ।

यस अघी दुइवटा सस्करण नेपालको मोरङ, पथरी शनिश्चरेमा भएको थियो । जहाँ आयोजक स्वयम अर्जुन बिष्ट र समुह पुगेर आयोजना गरेका थिए । यस पिट्सबर्ग च्यालेन्च कप अमेरिकामा मात्र नभएर नेपालमा नि उती कै खेलकुद प्रेमी माझ परिचित रहेको छ । नेपालको सस्करणमा पनि मेघ सुबदीले प्रायोजन गर्दै आएका थिए । सुबेदीले खेलकुद सँगै अन्य बिभिन्न सामाजिक कार्यमा र खास गरेर ग्रामीण दुर्गाम क्षेत्रका बाल बालिकाहरुको शिक्षा र ब्यवस्थापनमा सहयोग गर्दै आईरहएका छन ।

यस अघी भर्खरै नेपालमा सम्पन्न छैठौ अन्तर राष्ट्रिय रिफुजी च्यालेन्च कप २०२४ मा पनि प्रायोजन गरेका थिए । यही आउने जुन १५ बाट टिम दर्ता सुरु हुने यस पिट्सबर्ग च्याउलेन्च कपमा सहभागी टिमको दर्ता शुल्क २ सय डलर र टिम प्रबेश शुल्क १ हजार डलर राखिएको छ । पिट्सबर्ग च्यालेन्च कप आयोजना गर्दै आइरहेको यस समुहमा अर्जुन बिष्ट , बिक्रम भट्टराई , जेनिथ थापा , दिल राई , कमल सुब्बा , भिम सुबेदी , युबराज थापा कमल सुब्बा र प्रेम थापा लगायत अन्य रहेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय