Saturday, October 5, 2024

भारतमा नेपालको लगातार तेस्रो जित

spot_img

काठमाण्डौ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हरायो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो । गुजरातका उमङ्ग टन्डेलले सबैभन्दा धेरै ४७ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले समान २ विकेट लिए ।

यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।

यो जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको छ । प्रतियोगितामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो ।

टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय