Sunday, October 6, 2024

अप्रिल ८ मा डरलाग्दो सूर्य ग्रहण लाग्ने

spot_img

वैज्ञानिकहरुका अनुसार अप्रिल ८, २०२४ मा पूर्णरुपमा डरलाग्दो सूर्य ग्रहण लाग्ने भएको छ । सूर्यग्रहणका बेला सँधा भन्दा ३० प्रतिशत बढी सडक दुर्घटाना हुने अमेरिकी वैज्ञानिकहरुको दावी रहेको छ । सूर्यग्रहण लागेका बेला सके सम्म कुनै पनि सवारीसाधन नचलाउन आग्रह गरेका छन् । यदि सवारी साधन चलाउन आवश्यक भए सिट बेल्ट लगाएर, सुरक्षीत तरिकाले सवारीसाधन चलाउन आग्रह गरेका छन् ।

दिउँसोको समयमा लाग्ने सूर्य ग्रहणलाई नाङ्गो आँखाले नहेर्न वैज्ञानिकहरुले विज्ञप्ती नै प्रकाशित गरेका छन् । सूर्य ग्रहणका बेला अचानक आउने फेरबदलले मानिसका दृष्टि लगायत स्वास्थ्यमा असर गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

यदि सूर्यग्रहण हेर्न परेमा सुरक्षीत तरिकाले हेर्न भनेका छन् । अध्यात्मीक एवम् वैज्ञानिक दृष्टिकोणले सूर्य ग्रहण लागेको बेला भोजन तथा शारीरिक सम्पर्क गर्न नहुने बताइएको छ । सूर्य ग्रहण अगावै पकाएर राखिएका खानेकुराहरु धार्मिक तथा वैज्ञानिक दृष्टिकोण खानु राम्रो मानिँदैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय