Saturday, October 5, 2024

आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराउँदै नेपालले जित्यो टी–२० क्रिकेट शृङ्खला

spot_img

काठमाण्डौ – आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो ।

त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १ सय २७ रन मात्र बनाउन सक्यो । उसका लागि स्टेफेन डोनीले २६ र मोर्गन टपीङले २१ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र कुशल मल्लले सामान तीन विकेट लिए । यस्तै करन केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । नेपालका गुल्शन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र कुशल भुर्तेलले २५ रन बनाए । आयरल्याण्ड उल्भ्सका म्याथु फोस्टरले तीन विकेट लिए ।

हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले हराएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय