Sunday, October 6, 2024

४ हजार रुपैयाँ नभएर श्रीमानको शव रिक्सामै पशुपति आर्यघाट ल्याएकी माइली राइलाई १८ लाख बढी सहयोग

spot_img

४ हजार रुपैयाँ नहुँदा आफ्नो श्रीमानको मृत शवलाई श्रीमानले चलाउँदै आएको रिक्सामा राखी, छोरा र छोरी, नाती नातीनीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट लगेकी माइली राईलाई १८ लाख बढी सहयोग जुटेको छ । माईली राईलाई नेपाल तथा विदेशमा हुने नेपालीहरुले आर्थिक तथा खाद्यान्न सामग्रीहरु सहयोग गरेका थिए । माइली राई १३ दिनको किरिया सकेर खुसीबुमा रहेको डेरा गएकी छिन् ।

नुवाकोट घर भएकी राई विगत २ दशक देखी काठमाडौंमा डेरा गरी बस्दै आएका थिए । उनको श्रीमानको लासलाई जलाउन पनि पैसा नभएको थाहा पाएपछि पूर्व सांसद नारेत्तम वैद्यले आर्थिक सहयोग गरेका थिए । राई परिवारलाई १३ दिनको किरिया वस्नको लागि पनि समस्या भएपछि पशुपतिमै किरिया बस्ने वातावरण समेत वैद्यले मिलाएका थिए ।

उनलाई समाजसेवी प्रदिप घिमिरे अमूल्यले पनि आर्थिक तथा जिन्सी सामानहरु सहयोग गरेका थिए । समाजिक सेवामा सक्रिया युवा समाजसेवी प्रदिपले काठमाडौंका पेटीमा भोकै रात बस्न बाध्य भएका गरीब दुःखीलाई सहयोगी दाताहरुको सहयोगमा खाना खुवाउँदै आएका छन् । प्रदिपले पनि आपद विपदमा परेका व्यक्तिहरुलाई सकेको सहयोग गर्दै आएका छन् ।

भुटनीज न्यूजमार्फत माइली राइले सहयोगी मन हुने समस्त भगवानरुपी दाताहरुलाई हार्दिक धन्यवाद प्रकट गरेकी छिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय