Sunday, October 6, 2024

इसाईहरुको कथामा आधारित चलचित्र सम्हालिएको जातीको गीत सार्वजनिक

spot_img

नेपाली भाषी भुटानी इसाईहरुको कथामा आधारित चलचित्र सम्हालिएको जातीले गीत सार्वजनिक गरेको छ । आज इटहरीमा होटल गोर्खाको हलमा पत्रकार सम्मेलन गर्दै अफिसियल गीत सार्वजनिक गरेको छ ।

यस अघी अन्य फिल्म तथा म्युजिक भिडियोहरु निर्माण गर्दै आएका निर्देशक पाष्टर सन्तोष रामदामको शब्द , संगीत रहेको सँग सँगै हिड्यौ हामी बोलको गीत सार्वजनिक गरेको छ । इसाइ जगतका चर्चित गायक सन्तोष तिर्वाको आवाजमा सजिएको सम्हालिएको जाती चलचित्रको ३ वटा गीत मध्ये यो एउटा गीत हो । प्रमुख अथितीको रुपमा रेभरेन दानियल सुब्बाज्युको उपस्थिती रहेको थियो भने उनले यस भिडियो मार्फत भुटानी अवस्थालाई उजागार गर्ने आशा गरेको अभिब्यक्ति दिएका थिए ।

यस गीतमा धेरै जसो झापा र मोरङका पाष्टरहरुलाई समेटेर सुन्दर ढंगले प्रस्तुती गरिएको छ । यस भिडियोलाई छायाङ्कन तथा सम्पादन भने पोस्ट प्रोडक्सन कर्ता कोशी भिजनको हेमन योन्जनले गरेका छन । रुरक्षा गुरुङ , समिक्षा गुरुङ र सर्मिला तामाङको कोरिया ग्राफ रहेको यस गीत निर्देशक सन्तोष रामदामको अफिसियल यु ट्युब च्यानलमा साझ ५ बजे सार्वजनिक गरिएको छ ।

यस चलचित्र आगामी जुनमा अमेरिकाबाट अन्य देशहरुमा प्रदर्शन गरिने निर्देशक सन्तोष रामदामले जानकारी दिनु भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय