Sunday, October 6, 2024

आमा छुट्टी मनाउन जाँदा १६ महिनाको शिशुको मलमुत्र खाएर मृत्यु

spot_img

संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको क्लिभल्याण्डमा आफ्नै आमाको कारण सोह्र महिनाको बालिकाको दुःखद निधन भएको छ । अहिले विश्वजगतमा यस समाचारले सनसनी मच्चाएको छ । मृत बालिकाकी आमा क्रिस्टेल क्यान्डेलारियो गत जुनमा दश दिनको गर्मी बिदा मनाउन बालिकालाई घरमा एक्लै छाडेर सयौं माइल टाढा पर्ने पोर्टो रिकोमा एक पुरुष साथीसँग गएकी थिइन् । उनले जेलिन नाम गरेको उक्त बालिकालाई केही बोतल दूधको साथ प्लेपेनमा एक्लै छोडेकी थिइन् । छिमेकीको डोरबेलका अनुसार मृत बालिका बारम्बार रोइ कराई गरेकी थिइन् ।

अस्पतलको रिपोर्ट अनुसार १६ महिनाको उक्त शिसुले खाने कुरा केही नभए पछि आफैंले गरेको दिशा पिसाब खाएको जनाइएको छ । ति बालिका भोकमारी र असहज अवस्थाका कारण मृत्यु भएको अस्पतालको पोष्टमार्टम रिपोर्ट उल्लेख गरिएको श्रोतले बताएको छ ।

क्रिस्टेल क्यान्डेलारियोले आफ्नै १६ महिनाकी बालिकालाई गरेको जघन्य अपराध ठहर गरी अमेरिकी अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय